स्याङ्जा । तत्कालीन नेकपा एमालेका २ स्थानीय नेता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाल विद्यार्थी संघ फेदिखोला गाउपालिकाले एसईई परिक्षा २०७५ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मानका लागि आयोजना गरिएको कार्यक्रममा विगत २५ वर्ष देखि तत्कालिन नेकपा एमालेमा सक्रिय राजनीति गरेका कम्युनिष्टको गण मानिने फेदिखोला गा.पा. २ खड्केटारी घैयाबारीका देउ बहादुर अधिकारी र सुजन गोदार नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
काँग्रेसमा प्रवेश गरेका अधिकारी र गाेदारले बहुमतको कम्युनिष्ट सरकारले समेत जनताको मनोभावना बुझेर काम गर्न नसकेको आरोप लगाए । नेबिसंघले फेदिखोला गांउपालिका भित्र र गांउपालिका भन्दा बाहिर गएर अध्ययन गरेका १ सय १५ जना विद्यार्थीहरुलाई गाउपालिकाले सम्मान गरेको थियो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले आजको विद्यार्थी भोलीको कर्णधार भएकाले जहाँ गएर थप अध्ययन गरे पनि उपयोग आफ्नै देशमा गर्नुपर्ने भन्दै शुभकामना व्यक्त गरे। उनले अहिलेको सरकार प्रति लक्ष्ति गर्दै सरकार जनताको काममा भन्दा भोग विलासीमा रमाएको आरोप समेत लगाए।
कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि प्रेम राज पौडेल, नेपाल विदयार्थी संघ जिल्ला सभापति अजित क्षेत्री, पार्टी संयोजक महेन्द्र थापा, प्रजातन्त्रका सेनानी तारापति सुबेदी, राप्रपा नेता विश्वबन्धु पौडेल लगाएतले मन्तब्य राखेका थिए ।
नेपाल विद्यार्थी संघ फेदिखोला सभापति महेश खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन हिक्मत जंग कार्कीले गरेका थिए भने स्वागत रेजिना खड्काले गरेकी थिइन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
