सुनसरी । अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढीरहेको छ।
अहिले सप्तकोशीमा पानीको बहाव ३ लाख १८ हजार ६ सय ५० क्युसेक प्रतिसेकेण्ड रहेको कोशी ब्यारेज प्रशासनले जनाएको छ। सप्तकोशीमा पानीको बहाव योवर्षकै उच्च हो।
सप्तकोशीमा १ लाख ५० हजार क्युसेक प्रतिसेकण्डभन्दा माथि लागेपछि खतरा उच्च सतर्कता अपनाउन आग्रह गरिन्छ।
पानीको बहाव उच्च भएसँगै शप्तकोशीका ५६ मध्ये ४० ढोका खुलेको छ। खतराको संकेतका लागि कोशी ब्यारेजको दुबैपट्टि रातो बत्ती बालेर झन्डा ठड्याइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
