दमौली । तनहुँको व्यास नगरपालिकाको मदिरा पार्टीको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
नगरपालिकाको ३१ औं नगरसभाको निर्णय सार्वजनिक गरेसँगै नगर प्रमुखसहित नगरसभा सदस्यले मदिरा सेवन गर्दै नाचेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको हो ।

नगरपालिकाको ३१ औँ नगरसभाको ब्यानर नै प्रष्ट रुपमा देखिने गरी नगर प्रमुख र केही वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यले वल्ड दरबार ह्विस्की पिउँदै नाचगान गरेको भिडियोमा प्रष्ट देखिएको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
