लमजुङमा खुल्ला फुटबल प्रतियोगिता हुने

लम्जुङ । लमजुङको मध्य नेपालमा फुटबल प्रतियोगितासँगै साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

मध्य नेपाल नगरपालिका वडा नम्बर १ जितामा रहेको सर्वानान्दन प्रा.वि. को खेल मैदानमा यहि असार ३० गतेदेखि साउन १ गतेसम्म खुल्ला फुटबल प्रतियोगिता र साउन २ गतेदेखि बिष्णु बहादुर गुरुङ एण्ड मज्जा बहादुर गुरुङ खुल्ला रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था जिताकोट गोल्डेन फ्युचर युवा कल्वका अध्यक्ष रामकृष्ण भुजेलले नयाँ पुस्तालाई जानकारी दिए ।

Advertisement

भुजेलका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरुले असार ३० देखि साउन १ गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने छ। ५० वर्षदेखि सञ्चालन हुँदै आएको फुटबल तथा साँस्कृतिक कार्यक्रम यस वर्ष पनि निरन्तर गर्न लागिएको क्लबका सदस्य बिपिन थापाले बताए।

प्रतियोगितामा प्रथम, द्दितीय, उकृष्ट टिम र उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ।

गत वर्ष कास्की, तनहुँ, चितवन, काठमाडौँ, सिन्धुपाल्चोक लगाएत जिल्लाहरुबाट ५६ टिमको सहभागिता रहेको थियो।

फुटबल प्रतियोगितामा प्रथम हुने टिमले १,०१,१११ रुपैयाँ, द्धितिय हुनेले ६०,६६६ रुपैयाँ पुरस्कार पाउनेछन् भने उत्कृष्ट टिमले ६,५०० रुपैयाँ पाउने छन् ।

More News last news
Loading...