कुमार बाबु हिताँगा/स्याङ्जा । हरिनास गाउपालिका वडा नं. ५ पुतलीगैरा स्थाइ घर भएका गणेश वस्याल ३३ बर्षका भए । २०६७ साल मङ्सिर २ गते घरमुनिको रुखबाट लडेर स्पाइनल इन्जुरी बाट पिडित भएका उनी ९ वर्ष देखि हुइलचियरमा समय बिताइरहेका छन् ।
पोखराको करिब २ महिनाको उपचार पछि काठमाडौ स्पाइनल इन्जुरी पुर्नः स्थापना केन्द्रमा करिब ३ महिना फिजियो थेरापी गरे तर सूधार भएन उनको कम्मर मुनीको भाग नचल्ने र थाहा नपाउने भयो । दुख त्यतिमा मात्रै सिमित भएन बस्यालको संघै उनको सहारा बनेकी श्रीमतीले समेत उनलाई केन्द्रमा एक्लै छाडेर अर्को जीवन रोजिन ।
त्यसपछिको बस्यालको सहारा बनेकी छिन् कान्छी दिदि र ५२ वर्षीय बाबा बन्न पुगे । वुढेसकालमा वुवाको सहारा बन्ने बेला वुवा नै आफ्नो सहारामा लाग्नुपरेको दैवको खेल मान्दछन् बस्याल । बस्यालको छोरीले भने उनीहरुलाई खाना पकाउने र खुवाउने काम उनको कान्छी आमाले गर्दै आएकी छन ।
गरिबको झुपडीमा बज्रपात परेपछि औषधी उपचार लगायत घर परिवार खर्च धान्न निक्कै कठिन बन्दै गएको उनले बताए । एकातिर आर्थिक अभाव अर्कोतिर अर्काको सहारामा चल्नुपर्ने जिन्दगी मरितुल्य भएको दुखेसो पोखे । चुनावमा ठूलो आश्वासन देखाएका जनप्रतिनिधिले अहिले फोन समेत नउठाएको गुनासो गरे ।
अहिले उनलाई We Love People नामक सहयोगी अभियान संस्थाले मात्र सहयोग गरिरहेको छ । बस्यालले थप औषधी सेवन गनुपर्ने भएकाले आर्थिक सहयोग गर्ने समेत अपिल गरेका छन् ।
(उनलाई सहयोग गर्ने चाहने सहयोगी हातका लागि सिधा सम्पर्क गणेश वस्यालः ९८१४४५६८३५)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
