सेतीमा हाम फालेका कास्की भुर्जुङखोलाका घर्ती बेपत्ता ✍️ नयाँपुस्ता डटकम २२ असार २०७६, आईतवार १९:२४ पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिका –१ भुर्जुङखोला निवासी ३८ बर्षीय राजकुमार घर्ती आइतवार दिउसो सेती नदीमा हाम फालेर बेपत्ता भएका छन् । घर्तीले घर नजिकैको सेती नदीमा हाम फालेर बेपत्ता भएको कास्की प्रहरीले जानकारी दिएको छ । उनको खोजी कार्यलाई प्रहरीले तीव्र पारेको जनाएको छ । Advertisement