सिनामगंलमा दुर्घटना, १७ जना घाइते, दुई जनाको अवस्था गम्भीर

काठमाडौं । राजधानीको एरपोर्ट नजिकै बस र माइक्रोबस ठोक्किँदा १७ यात्रु घाइते भएका छन् ।

मंगलबार बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।

Advertisement

घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । घाइतेको सिनामङ्गलमा रहेको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइते हुनेमा १३ पुरुष र चार महिला छन् । दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।

More News last news
Loading...