कुमार बाबु हिताँगा/स्याङ्जा । स्याङ्जा पुतलीबजारमा लघुवित्तहरुको हकहितका लागी ९ सदस्यीय लघुवित्त मिलन केन्द्र स्याङ्जा गठन गरिएको छ ।
लघुवित्त वित्तिय संस्थाको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गरि कार्य सञ्चालनमा सहजता सृजना गर्दै लघुवित्तको उद्देश्य अनुरुप एकतावद्ध हुन केन्द्र गठन गरिएको हो । नव गठित केन्द्रको अध्यक्षमा छिमेकी लघुवित्त वित्तिय संस्था लिमिटेड पुतलीबजार नगरपालिका शाखाका आषिस के.सी चयन भएका छन् ।
केन्दको उपाध्यक्ष ग्रामिण लघुवित्त वित्तिय संस्था लिमिटेड पुतलीबजार शाखाबाट किरण गिरी, सचिवमा निर्धन लघुवित्त वित्तिय संस्था लिमिटेडका कृष्ण बहादुर बोहोरा, कोषाध्यक्षमा गरिमा बिकास बैकका प्रकाश काफ्ले, सदस्यमा क्रमशः किशोर भट्राई, विश्वराज अर्याल, माधव भट्ट, सरोज पाण्डे र दिलमाया थापा रहेका छन् ।
त्यस्तै सल्लाहकारमा कमलराज ज्ञवाली, हेमराज भट्राई, धुव्र पौडेल, सन्तोष पौडेल र देबेन्द्र खड्का रहेका छन् । वित्तिय संस्थाहरु हुने अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्दै कार्य सञ्चालनमा सहजता सृजना गर्ने केन्द्रको प्रमुख उद्देश्य रहेको अध्यक्ष केसीले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
