सर्लाहीको लालबन्दीमा गोली चल्यो

काठमाडौं । सर्लाहीको लालबन्दीमा शनिबार दिउँसो गोली चलेको छ। गोली चल्दा लालबन्दी नगरपालिका–१ नवलपुरका ३० वर्षीय जयनाथ महतो घाइते भएका छन्।

मोटरसाइकलमा आएको दुई जनाको टोलीले मध्यान्ह करिब १२ बजे काम गरिरहेको ठाउँमा महतोमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मन्दिर निर्माणमा मजदुरी गरिरहेका महतोमाथि गोली हानी उक्त समूह मोटरसाइकलमै जंगलतर्फ भागेको छ।

गोली प्रहारबाट महतोको दाहिने हातमा चोट लागेको छ। महतोको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...