बाटोमा युवतीमाथि सिरिन्ज आक्रमण गर्दै हिँडने एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकामा युवतीमाथि श्रृंखलाबद्ध रुपमा सिरिन्ज आक्रमण गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

नैकापका ३० वर्षीय सन्तोष कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। उनलाई महाराजगञ्जको भाटभटेनी नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। तर कार्कीले सिरिन्जले आक्रमण नगरेको दावी गरेका छन्।

Advertisement

प्रहरीका अनुसार कार्कीले आनन्द लिनको लागि युवतीमाथि ढलान गर्ने किला प्रहार गर्ने गरेको बयान दिएका छन्। सिरिन्ज आक्रमणको अनुमान गरिए पनि कार्कीले सिरिन्ज नभएर ढलानको किलाले आक्रमण गरेको बयान दिएका हुन्। यसबारेमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ।

केही दिनअघि काठमाडौँका विभिन्न ठाउँमा पाँच जना युवतीले आफूमाथि धारिलो औजारको प्रयोगबाट आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।

More News last news
Loading...