भैरहवा । चट्याङ लागेर रुपन्देहीमा मंगलबार तीन जनाको मृत्यु भएको छ।
मृत्युु हुनेमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका–७ का ६२ वर्षीय चन्द्र बहादुर विक रहेका छन्।
साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेपछि उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
उपचारका क्रममा मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुईजनाको बुटवलस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
