नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले चढ्दै आएको सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेका छन्।
लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ। आजगनीबाट गाडीको पछाडिको भाग सामान्य जलेको छ।
प्रहरीले घटनास्थलबाट विप्लव समूहको पर्चा भेटेको छ । यही आधारमा प्रहरीले आगजनीमा विप्लव समूह संलग्न रहेको अनुमान गरेको छ ।तर विप्लव समुहले यस घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
