रामेछाप । रामेछापमा ग्यास सिलिण्डर विष्फोट भएको छ। नेत्रविक्रम चन्द समूहले आह्वान गरेको पूर्व सन्ध्यामा कार्यकर्ताले मध्यराति २ बजेतिर मन्थली बसपार्क भन्दा केही माथिको स्थानमा सिलिण्डर विष्फोट गराएको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार टायर माथि ग्यास सिलिण्डर राखेर आगो लगाएर विष्फोट गराएका थिए। घटनास्थल बसोवास क्षेत्र भन्दा केही टाढा पाखामा भएकाले कुनै क्षति नभएको प्रहरीले जनाएको छ। घटना पछि सुरक्षा सतर्कता बढाइएको छ।
चन्द समूहले मंगलबार आव्हान गरेको बन्दका कारण विभिन्न स्थानको जनजीवन प्रभावित बनेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
