ललितपुर । ललितपुरमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्। ललितपुरको बाग्मती गाउँपालिका-२ माल्टास्थित ११ वर्षीय बालकले शनिबार राती ९ बजे सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर लुङवाले घरपरिवार र विद्यालयका शिक्षक,शिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन्।
महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डीएसपी राजकुमार खिउजुका अनुसार बालक समिरले आमा घरमा नभएको बेला एक सुसाइड नोट लेखेर आत्महत्या गरेको पुष्टि गरे।
यस्तो छ सुसाइड नोट

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
