पर्वतको लुंखुदेउरालीमा जीप दुर्घटना २ जनाको मृत्यु

पर्वत । महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

लुंखुदेउरालीदेखि वडा नं ३ बालाकोटतर्फ जाँदै गरेको ग १ च ७१२८ नम्बरको जीप देउराली बजार नजिकै दुर्घटना हुँदा बालाकोटका अन्दाजी ५० वर्षीय कृष्ण गुरुङ र सनाखत नभएका एक अर्का व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

घाइते चार जनामध्ये दुईलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने दुईको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण बारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा पर्ने सबै राष्ट्रिय वाणिज्य बैंकको लुंखु शाखामा काम सकेर फर्किदै गरेका बताइएको छ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

More News last news
Loading...