गोरखा । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री गगन थापाले क्षमापूजा गरेर गत चुनावी भूलको प्रायश्चित गर्ने बताएका छन्।
गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसको प्रथम नगरअधिवेशनलाई सम्बोधन गर्दै थापाले तत्कालीन नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई कांग्रेसले भोट दिएर जिताएकोले आउँदो निर्वाचनमा क्षमापूजा गरिने बताएका हुन् ।
युद्धकालमा कांग्रेसकै नेता कार्यकर्ताको हत्या गरियो । गत निर्वाचनमा भोट हालेर जितायौँ अहिले कांग्रेसलाई नै तथानाम गाली गर्न थाले भन्दै थापाले आक्रोश पोखेका हुन् । पालुङटार पूर्वप्रधानमन्त्री डा. भट्टराईको गृहनगर हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
