पोखरा । पोखराको मणिपाल अस्पताल परिसरमै डाक्टरको गाडीले ठक्कर दिदा ४ वर्षीय बालकको ज्यान गएको छ। अस्पतालका डाक्टर विश्वदीपक तिमिल्सिनाले चलाएको ग ३ च ४३६ नम्बरको गाडीले ठक्कर दिदा ४ वर्षीय बालक संस्कार कँडेलको ज्यान गएको हो।
अस्पतालमा रहेका आफन्त बिरामीलाई भेटेर फर्कने क्रममा बालकलाई अस्पताल परिसरको सडक छेउमा उभ्याएर बाबु पार्किङ्गमा राखेको मोटरसाइल लिन जाँदा बालकलाई गाडीले ठक्कर दिएको थियो ।
बालकको शव मणिपाल अस्पतालको इमर्जेन्सीमा राखिएको छ भने लापर्वाहीपूर्वक गाडी चलाएर बालकलाई ठक्कर दिएको आरोप लगाउँदै बालकका आफन्तले डाक्टरलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
