शुक्लागण्डकी, तनहुँ । तनहुँमा महाभारत १८ पुराण र श्रीमद् भागवतका रचयिता महर्षी वेदव्यास अर्थात श्रीकृष्ण द्वैपायनको १०८ फिट अग्लो मुर्ति निर्माण हुने भएको छ ।
व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषको आयोजनामा मंगलबार दमौलीमा प्रस्तावित व्यास मुर्तिको संरचना डिजाईन तथा अन्य विशेषज्ञ सेवा सम्बन्धि संक्षिप्त विवरण प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ।
व्यास क्षेत्र शिव पाञ्चायान मन्दिर विकास कोषको सक्रियतामा व्यास गुफा नजिकै महर्षि वेदव्यासको पूर्णकदको मुर्ति स्थापना गर्न लागिएको हो।
व्यासको १०८ फिटको मुर्ति बनाउँन ६२ करोड ८५ लाख ५ हजार २११ रुपैयाँ लाग्ने र उक्त मुर्ति निर्माण कार्य ४ वर्षमा सम्पन्न हुने अर्थक्येक सेफ्टी सोलुसन कम्पनीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
