अब केही मन्त्रीहरु हेरफेर हुनसक्छन्, मलाई प्रधानमन्त्री बन्न हतार छैन : प्रचण्ड

रिजन नेपाल

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट पारितपछि केही मन्त्रीहरु हेरफेर हुने खुलासा गरेका छन्।

Advertisement

प्रेस संगठन नेपाल कास्कीले पोखरामा विहीवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेको बेलामा जतिबेला पनि मन्त्रिमण्डल पुनर्गठन हुने पनि बताए।

पार्टी एकताबारे बोल्दै उनले बुधबारमात्र प्रधानमन्त्री र आफूबीच लामो छलफल भएको र सो छलफलबाट सरकारका कामकारबाही प्रभावकारी र पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिने कुरा भएको जानकारी दिए ।

साथै शनिबार सचिवालयको बैठक बोलाइएको र एकता प्रक्रियालाई अन्तिम रुप दिने बताए। ‘दुई धारबाट आएको पार्टी मिलाएर अगाडि बढ्न कठिन छ, यसमा खेल्नेहरु पनि धेरै छन्, एकता प्रक्रिया हल्काफुल्कारुपमा लिने छुट कसैलाई छैन, सरकारको कार्यकाल सफल भएको मान्नुपर्छ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘मानव अधिकारसम्वन्धी कानून बनायौ, अघिल्लो वर्ष लोकप्रिय बजेट आउन सकेन । यस वर्ष लोकप्रिय बजेट ल्याएका छौं ।’

उनले गुठी विधेयक विरोधमा देखिएको जनअसन्तुष्टि र प्रदर्शनकै कारण सरकारले उक्त विधेयक फिर्ता लिएको बताए । ‘काठमाडौँ, ललितपुर र भक्तपुरमा सयौ वर्षदेखिका गुठीहरु देखिए, ती गुठीले जनतालाई अहित गरेको छ,’ उनले भने, ‘अब पार्टी, संसद् र सम्बन्धित सरोकारवालासँग छलफल गरेर गुठी विधेयक ल्याउछौँ । गुठीको प्रकृति हेरेर उपत्यका बाहिरका गुठीबारे पनि टुङ्गोमा पुग्न जरुरी छ।’

विप्लव माओवादी राजनीतिको मूल धारमा आउनै पर्ने सुझाव दिँदै उनले यदि द्वन्द्व नै सृजना गरी अगाडि बढ्छन् भने सरकार पनि चुप लागेर नबस्ने चेतावनी दिए ।

More News last news
Loading...