लुटपाट गरी भाग्दै गरेका ३ जना रंगेहात पक्राउ

 

म्याग्दी । रघुगंगा गाउँपालिका-१ तिप्ल्याङस्थित बेनी जोमसोम सडकमा पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१ ज ५९०९ नम्बरको जिपलाई रोकी यात्रुहरुको नगद तथा समान लुटपाट गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा म्याग्दी अन्नपूर्ण गाउँपालिका-७ हिस्ताङ बस्ने समित पुन, म्याग्दी रघुगंगा गाउँपालिका-१ टिप्ल्याङ बस्ने यमस पुर्जा र पर्वत जलजला गाउँपालिका-३ पारी बस्ने कुशल पाईजा रहेका छन्।

Advertisement

उनीहरुले उक्त जिप रोकी यात्रुहरुको साथमा रहेको नगद तथा झोलाहरु लुटि फरार भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई भाग्दा भाग्दै फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

More News last news
Loading...