कास्कीका ५ वटै स्थानीय तहमा नेकपाको नेतृत्व चयन

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कास्कीले पोखरा महानगरपालिकासहित जिल्लाका पाँचै ओटा स्थानीय तहमा नेतृत्व चयन गरेको छ।

पूर्व नेकपा एमाले र माओवादी केन्द्रका बीचमा केन्द्रमा पार्टी एकता भएर नेकपा गठन भएको १३ महिनापछि पोखरा महानगर र चार वटा गाउँपालिकाका ७२ वटा वडामा पार्टीको अध्यक्ष र सचिव चयन चयन भएका हुन् ।

Advertisement

पोखरा महानगरमा ६० ४० तथा गाउँपालिकामा ५५ ४५ को अनुपातमा भागबण्डाको आधारमा नेतृत्वको टुङ्गो लगाइएको छ। महानगरका ३३ वडामध्ये पूर्व एमालेको भागमा २० वडामा नेतृत्व गर्ने भएको छ भने पूर्व माओवादी केन्द्रले १३ वटा वडामा अध्यक्ष पाएको छ। अध्यक्ष र सचिव पूर्व फरक पार्टीबाट हुने गरी तोकिएको छ।

नौ वडा रहेको माछापुच्छ्रे गाउँपालिकाको पाँच वडामा पूर्व एमाले तथा चार वडामा पूर्व माओवादीले अध्यक्ष पाएको छ । मादीका १२ वडामा सात पूर्व एमाले तथा पाँच माओवादी, रुपामा चार पूर्व एमाले तथा तीन पूर्व माओवादी, अन्नपूर्णका ११ वडामा छ पूर्व एमाले र पाँच वडामा पूर्व माओवादीले नेतृत्व पाएको पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं संविधानसभाका सदस्य राजकाजी गुरुङले बताए।

वडाको नेतृत्व टुङ्गो लगाए पनि नेकपाले स्थानीय तहको नेतृत्व भने अझै निश्चित गर्न सकेको छैन । जिल्ला कमिटी सरहको हैसियत भएको पोखरा महानगर कमिटीको नेतृत्व पार्टी केन्द्रबाट तय गरेपछि मात्र स्थानीय तहको नेतृत्व निश्चित गरिने सो पार्टीले जनाएको छ।

More News last news
Loading...