पोखरा । कास्कीको रुपामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ। कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ विसौनीडाँडा जंगलमा भीरबाट लडेर शनिबार ५६ बर्षीय स्थानीय ऋषिराम सुवेदीको मृत्यु भएको हो। उनी जंगलको बाटो हिँडने क्रममा भीरबाट लडेका थिए।
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसार भीरबाट लडेर करिब चार सय मीटर तल खोल्सामा खसेका सुवेदीको घटनास्थलमा नै मृत्यु भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
