विषालु च्याउ खाँदा पाल्पामा ६ जनाको मृत्यु

काठमाडौँ । विषालु च्याउ खाँदा पाल्पा जिल्लाको एउटा गाउँका पाँच बालबालिकासहित छ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। पूर्वी पाल्पास्थित निश्दीका गाउँलेहरूले गत हप्ता नजिकै रहेको जङ्गलबाट च्याउ ल्याएर खाएका थिए।

जङ्गली च्याउ खाएर अशक्त भएका छ जनाको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। नेपालमा विषालु च्याउ खाएर प्रत्येक वर्ष मानिसहरूको ज्यान जाने गरेको छ।

Advertisement

जङ्गली च्याउ खाद्य वा अखाद्य भएको छुट्याउन नसक्दा दुर्घटना हुने गरेको बताइन्छ। केही जङ्गली च्याउमा हुने विषालु पदार्थहरूले मानिसको कलेजो, मिर्गौला र मस्तिष्कमा असर पुर्‍याउने विज्ञहरू बताउँछन्।

जङ्गली च्याउका जोखिम
सबै जङ्गली च्याउ विषालु हुँदैनन्, चिन्न सके केही खान मिल्छ

तर अखाद्य च्याउले पेट बिगारिदिन सक्छ। त्यसबाट वाकवाक लाग्ने, बान्ता हुने, पेट काट्ने र पखाला लाग्ने हुन सक्छ

विषालु च्याउ खाँदा कलेजो र मिर्गौलाले काम नगर्ने पनि हुनसक्छ

नचिनेको जातको च्याउ खानुहुँदैन

More News last news
Loading...