पोखरा । नेपालका शक्तिपिठहरु मध्यको एक प्रमुख हो पोखराको बिन्ध्यवासिनी मन्दिर। नेपालकै पर्यटकीय राजधानीको रुपमा रहेको पोखराको मुटुमा रहेको बिन्ध्यवासिनी मन्दिर धार्मिक दृष्ट्रिकोणले मात्रै नभई पर्यटकीय दृष्ट्रिकोणले पनि निकै लोकप्रिय छ।

यस मन्दिरमा दैनिक रुपमा बिहान बेलुका आरती हुने गर्दछ । जहाँ सँधै जसो भक्तजनको ओईलो लाग्ने गर्दछ । बिन्ध्यवासिनी मन्दिरमा आएर मागेका कुराहरु पाईने धार्मिक विश्वास रहेको त्याहाँका कर्मचारीहरु बताउँछन्।

आज शनिबारको आरती अझ विशेष प्रकारको हुन्छ। जुन भारत बनारसको गङ्गाधारमा हुन्छ सोही आरती बिन्ध्यवासिनी मन्दिरमा पनि हुने गर्दछ।

तपाईहरुले पनि देवि आरती गर्न मन लागेमा यस मन्दिर व्यवस्थापन समिति अथवा यहाँ रहेको सम्पर्क नम्बरमा फोन गर्न सक्नुहुनेछ। आफ्ना दिबङ्गत भएकाको सम्झनामा आरती गर्न सकिन्छ।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
