कञ्चनपुर । जेसिबीले अटो रिक्सालाई ठक्कर दिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको महेन्द्रनगर गड्डाचौकी सडक खण्डस्थित बनगाउँ बन्ने स्थानमा जेसिबीले अटो रिक्सालाई ठक्कर दिदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्।
गड्डाचौकीबाट महेन्द्रनगर आउँदै गरेको म १ ह ७६३ नम्बरको अटो रिक्सालाई विपरित दिशाबाट आइरहेको से १ क ७३३ नम्बरको जेसिबीले ठक्कर दिएको हो।
मृत्यु हुनेमा बैतडी जिल्ला देहिमाण्डु २ बस्ने ३८ वर्षिया किशनसिंह बोहरा रहेका छन्। एक महिला र एक पुरुषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते हुनेहरुमा अटो चालक भीमदत्त नगरपालिका–११ का प्रेम थापा, देहिमाण्डु २ की ३२ वर्षिया लक्ष्मी बोहरा र उनका ढाई वर्षीय छोरा दिक्षान्त बोहरा, बेल्डाडी ७ का २६ वर्षीय सन्तोष लुहार र साईकल यात्री भीमदत्तनगरपालीका–१० का जगदिश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता ज्ञानबहादुर विष्टले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
