स्याङ्जा । पुतलीबजार नगरपालिकामा १ महिने पुरुष हेयर कटिङ तालिम शुरु भएको छ ।
नगरपालिकाले यूवाहरुलाई नै व्यवसायिक बनाउने उद्देश्यले घरेलु तथा साना उद्योग विकास समिति र पुतलीबजार नगरपालिकाको साझेदारीमा संचालित १ महिने जेन्स हेयर कटिङ तालिम आयोजना गरेको हो ।
तालिमको उदघाटन गर्दै पुतलीबजार नगर प्रमुख सिमा कुमारी क्षेत्रीले युवाहरुलाई व्यवसायिक तथा स्वरोजगार बनाउने तर्फ यो तालिम महत्वपूर्ण हुने बताइन । उनले भनिन्, ‘,तालिमपछि व्यवसाय संचालन गर्ने यूवालाई नगरपालिकाले आर्थिक सहयोग समेत गरिनेछ ।’
कार्यक्रममा पुतलीबजार नगरपालिका वडा नं १ अध्यक्ष निर्मल शेरचन, चेम्बर अफ कर्मशमा वरिष्ठ उपाध्यक्ष श्री गुरुङ, सामुदायिक रेडियो स्याङ्जाका स्टेसन म्यानेजर रमेश गोदार लगाएतले हजारौ यूवाहरु विदेश गइरहेको बेला यस्तो तालिम आयोजना हुनु गौरवको कुरा भएको बताए । तालिममा करिब २० जना युबाहरु सहभागी थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
