पोखरा । पोखराको उत्तमचोकमा गोली चलेको छ छ। प्रहरीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा पोखरामा गोली चलाएको हो।
लागूऔषध कारोबारीलाई पछ्याउँदै गएको प्रहरीमाथि नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ। प्रहरीले चलाएको गोलीबाट लागूऔषध कारोबारी गोविन्द थापा घाइते भएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए।
खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
