काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद सञ्जय कुमार गौतमले सडक सुरक्षाको बिषयमा बजेट मौन देखिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रश्न गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट उक्त मन्त्रालयको संयोजकको जिम्मेवारी पाएका गौतमले बजेट सबै क्षेत्रमा लोकप्रिय रहेको नारा लगाएतापनि दिनानुदिन वढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरणका लागि सरकारले कुनै ठोस चासो देखाउन नसकेको भन्दै आज संघीय संसद सचिवालयमा प्रश्न दर्ता गराएका हुन् ।
दर्ता गरिएको प्रश्नमा भनिएको छ, ‘‘आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यका बुँदा नंम्बर १८७ मा ‘सडकहरुलाई सुरक्षित बनाउन आवश्यकता अनुसार सडक सुरक्षा पर्खाल, सवारी सुरक्षा संकेतहरु राखिने छ । सडकको अवस्थाको आधारमा अधिकतम गति निर्धारण गरी कडाईका साथ नियमन गरिने छ । सरकारले निर्माण गर्ने सडक कम्तिमा दुई लेनको हुनेछ ।’ भन्ने उल्लेख गरिएको छ ।
तर सडक दुर्घटना न्यूनिकरण गर्नका लागी सडक बत्ति, अपागं/दृष्टिविहिन मैत्री पैदलमार्ग, निकुञ्ज क्षेत्रहरु अन्तरगत पर्ने राजमार्गहरुमा जैविक अण्डरपास र ओभरपासका साथै देशका व्यस्त सहर र राजधानीको प्रमुख सडकहरु नै प्राय सडक बत्तिहरु रहित देखिन्छन । उक्त विषयहरुमा बजेट मौन रहेको देखियो । यस विषयमा यस आ.ब.२०७६÷७७ को बजेटले कसरी सम्बोधन गर्नेछ ? माननीय मन्त्री ज्यूबाट स्पष्ट जवाफ चाहियो ।’’
संसदमा दर्ता गरिएको प्रश्न जस्ताको तस्तै :

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
