अब खुल्यो नयाँ देशमा रोजगारी, नेपाल र मरिससबीच श्रम सम्झौता

काठमाण्डौँ । नेपाल र दक्षिण अफ्रिकी देश मरिससबीच श्रम समझदारी भएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा भैरहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्री सुदेश एस क्यालीचर्नले समझदारीपत्रमा हस्ताक्षर गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सझदारीमा कामदार शून्य लागतमा जान पाउने व्यवस्था गरिएको छ।

Advertisement

सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने समझदारी पत्रमा उल्लेख छ । दुवै देशले कामदारलाई अवैध तरिकाले शुल्क लिन नपाउने गरी लागतको नियमन एवं नियन्त्रण गर्न प्रतिवद्धता व्यक्त गरेका छन्।

सबै प्रकारको अनियमित भर्ना, बाध्यकारी श्रम र मानव बेचबिखन जस्ता जघन्य अपराध नियन्त्रण गर्न दुवै देश सहमत भएका छन् ।

मरिसससँग पनि जापानसँग गरिएको सम्झौतामाझै‌ नेपाली श्रमिकलाई त्यहाँका कामदारको न्यूनतम ज्यालाभन्दा कम नहुने गरी तलब सुविधा उपलब्ध गराउनु पर्ने सम्झौता भएको हो ।

More News last news
Loading...