एचआईभी संक्रमित भएका व्यक्तिहरु अझै पनि समाजमा खुलेर देखिएका छैनन् । केही व्यक्तिहरु मात्र खुलेका छन्, अभियानमा लागेका छन्, यो रोगको बारेमा मानसिक तनाव भन्दा स्वास्थ्यमा ख्याल गरेर लामो जीवन बाँच्नेहरु पनि छन् ।
अझै नेपालको लागी खुसीको कुरा एचआईभी संक्रमित भएका गोपाल श्रेष्ठले यसै बर्ष सगरमाथा चढेर सकुशल फर्किएका छन् । पोख्रेली छोरो गोपाल श्रेष्ठ जो २६ बर्ष देखी एचआईभी संक्रमित भएका व्यक्ति हुन् उनी आज पनि उस्तै तन्द्रुत छन्, हाँसेर जीवन जिएका छन् ।
बिशेषत यौनजन्य क्रियाकलापबाट बढीमात्रा सर्ने यो एचआईभी एड्स पछिल्लो समय यो रोगका बिरामीहरु खुलेर लाग्न थालेपछि लामो जिन्दगी जीउने आधार जनचेतना बन्दै गएको छ ।
भनिन्छ नि जताभावी यौन सम्पर्क गर्यो भने एड्स लाग्छ तर बास्तबिक एचआईभी संक्रमित भएका व्यक्तिहरुको यौन जीवन कस्तो हुन्छ रु कस्ता छन् उनीहरुको यौन साथी रु यो भिडियोमा हामीले प्रस्तुत गरेका छौं ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
