…जब कुचो बोकेर मन्त्रीहरु सडकमा निस्किए

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा बिहानै कुचो बोकेर सडकमा निस्किए। उनीहरुसँगै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि रहेको थियो।

विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान क्वार्टर परिसर क्षेत्रको सरसफाई गरिएको हो । मन्त्री, कर्मचारी तथा नेपाली सेनाले ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टर परिसरको सरसफाई गरेका हुन्।

Advertisement

पुल्चोक चोकदेखि सुरु भएको सरसफाई मन्त्री क्वार्टरभित्र पुगेर समापन भएको थियो। सरसफाइको नेतृत्व कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरेका थिए।

विश्व वातावरण दिवसका अवसरमा २२ र २३ जेठमा नेपालगञ्जमा मुल कार्यक्रम आयोजना गरिएको थियो । त्यस क्रममा मुलुकभरका महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा सरोकारवालाहरुको सहभागितामा वृहद अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।

मन्त्रालयले यो वर्ष ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ साताव्यापी रुपमा विविध जनचेतनामुलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइरहेको छ ।

More News last news
Loading...