लेखनाथ, पोखरा । फिर्के पुलबाट एउटा ट्रक खोलामा खसेको छ । सहचालकले चलाएको उक्त ट्रक शनिबार बिहानै फिर्के पुलबाट ट्रक खोलामा खसेको प्रहरीले जनाएको छ।
विन्ध्यवासिनीतर्फबाट जिरो किमी तर्फ हुँदै गईरहेको ग १ क ४४७३ नम्बरको दुर्घटनाग्रस्त ट्रकमा दुई जना सवार रहेको जिल्ला प्रहरी कार्यालय, कास्की पुष्टी गरेको छ।
दुर्घटनामा परी तनहुँ घर भएका २० वर्षीय सहचालक सुवास गुरुङ घाईते छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । दुर्घटना हुने समयमा ट्रक उनैले चलाएका थिए ।
३६ वर्षीय चालक सोनम गुरुङ सामान्य रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
