शुक्लागण्डकी, तनहुँ । शुक्रबार साझ करिब ७ बजे तनुहँ जिल्ला भानु नगरपालिका वडा नंं २ की ८ बर्षिया पुष्पा अधिकारी साथीहरुसंग आगनमा खेलिरहेकी थिईन् । उनकी आमा मेलामा गएकी थिईन भने घरमा हजुरबुबा र हजुर आमा मात्र थिए ।
साथीहरुले हजुरबाबालाई गएर पुष्पा लडेको बताए । हजुरबा आएर हेर्दा पुष्पा थिईनन् तर उनको एउटा चप्पल मात्र त्यहा थियो । अर्को घरमा गएको ठानेर कुनै खोजि भएन पछि आमा आईन र छोरी खोज्दा गाउँ भरी कहि कतै पाईनन् ।
गाउँ भरी हल्ला भयो गाउँले जम्मा भए र त्यहा चितुवाको खुट्टाको डाम देखा पर्यो । सबै मिलेर रातको समयमा उक्त चितुवाको खुट्टाको डाम हेर्दै गए पछि करिब पाँच सय मिटर माथि पुष्पाको शब फेला पर्यो।
चितुवाले नै आक्रमण गरेको गाउँलेको ठहर भएपछि प्रहरीलाई खबर गरेर प्रहरी घटनास्थल पुग्यो । हामीले यो बिषयमा घटनास्थलमै पुगेर भिडियो रिपोर्ट तयार गरेका छौं ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
