कास्कीमा काँग्रेसको जागरण अभियान समापन, सरकार मनपरीतन्त्रमा चलेको डा. महतको आरोप

विजय नेपाल

पोखरा । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार मनपरीतन्त्रले चलेको आरोप लगाएका छन् ।

Advertisement

नेपाली काँग्रेसको हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणको समापन कार्यक्रममा पोखरामा आयोजित -याली तथा सभामा बोल्दै उनले सो आरोप लगाएका हुन् । उनले भने, सरकारका मन्त्री तथा नेताहरुले नै भ्रष्टाचार गर्दै जान्छन् तर सरकार नै उनीहरुको प्रतिरक्षामा उत्रिन्छ । यस्तो सरकारसँग जनताले के आश गर्ने ?

उनले सरकारले लाखमा नभइ, अर्बमा भष्ट्राचार गरेको उनको आरोप छ । सरकार आफै भ्रष्टाचार गर्छ आफै छानविन गर्दछ’ उनले भने, जो भ्रष्टाचारी हो उसैले छानविन गर्ने गरेकै कारण भ्रष्टाचार मौलाउँदै गएको छ । सरकारले प्रेसमाथि आक्रमण गरी अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको पनि उनको आरोप छ ।

काँग्रेस केन्द्रीय सदस्य तथा कास्की प्रतिनिधि अर्जुनप्रसाद जोशीले जागरण अभियानले नयाँ सन्देश दिएको बताए । अभियानमा केन्द्र तात्न ढिला ग-यो तर गाउँ पहिलेनै जागिसेकेको रहेछ’, उनले भने, वर्तमान सरकारको वितृष्णाले गाउँ गाउँका जनताले काँग्रेस खोजेर बसेका रहेछन् अहिलेको जागरण अभियानले त्यो भान दियो ।

जोशीले अभियानले जनतासँगको सम्वन्ध सुदृढिकरण गर्न मद्दत मिलेको उल्लेख गरे । पृथ्वीचोकबाट शुरु -याली नयाँबजार, महेन्द्रपुल हुदै चिप्लेढुङ्गा विपी चोकमा पुगेर सभामा परिण भएको थियो । १ महिना चलेको पहिलो चरणको अभियान देशका ७७ वटै जिल्लामा एक महिना चलेको थियो ।

¥यालीमा पार्टीका सबै इकाइ, अभियानमा खटिएका प्रतिनिधि, भातृ संस्था तथा शुभेच्छुक संस्था क्षेत्रीय प्रतिनिधि र क्रियाशिल सदस्यहरुको सहभागिता रहेको काँग्रेस कास्की सभापति कृष्ण केसीले जानकारी दिए ।

More News last news
Loading...