पोखरामा दिउँसै मापसे सवारी दुर्घटनाः जीपले ठक्कर दिदा पत्रकार पौडेलको कार ध्वस्त

पोखरा । पोखरा नयाँबजारमा मापसे गरेका व्यक्तिले चलाएको जीपले पत्रकारको कारलाई ठक्कर दिएको छ।

सडक छेउमा पार्किङ गरी राखेको पत्रकार सुरेन्द्र पौडेलको ग२ च ७८८३ नम्बरको कारलाई जिपले ठक्कर दिएको हो। भाग्यवस कारमा पत्रकार पौडेल थिएनन्। उनी आर्थिक आवाजका सञ्चालक, सम्पादक हुन्।

Advertisement

ठक्कर दिने बा १५ च ६७८३ स्कार्पियो जिप सडकमै उत्तानो परेको थियो। लेकसाइड स्थित एक होटलको सो जिप ड्राइभरले चलाएका थिए। ठक्कर दिएपछि रोडमै उत्तानो परेको जिपलाई क्रेनले उठाएर ड्राइभरको उद्धार गरिएको थियो। ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उद्धार गरिएका चालक मादक पदार्थ सेवन गरेको ट्राफिक प्रहरीले जनाएको छ।

More News last news
Loading...