सुनसरी । सवारी दुर्घटनामा परेर एक स्टाफ नर्सको ज्यान गएको छ।
धरान इटहरी सडक खण्डमा रोकि राखेको ना ६ ख ४३४५ नम्बरको ट्रकमा को २६ प ८५१ नम्बरको स्कुटी ठोकिँदा स्कुटी चालक कबिता तुम्बाको मृत्यु भएको हो।
उनी धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो विभागको इर्मेजेन्सी कक्षमा कार्यरत थिइन् ।
सोमबार राति ८ बजेको समयमा इटहरीबाट ड्युटी आउने क्रममा इटहरी १ तरहरास्थित आपगाछीमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
