गजल – “अब हिट्लरको उदय हुन्छ” – बासु थापा

गजल अब हिट्लरको उदय हुन्छ

गजल

अब हिट्लरको उदय हुन्छ

 

Advertisement

यो बेमानी कलियुग हो जय जय हुन्छ
जो चोर उसैको अनुकूल समय हुन्छ ।

दुश्मनहरुले शान्तिको अपहरण गरे
मान्नुहोस अब हिट्लरको उदय हुन्छ ।

राजनेता हुँ भन्छ भिलेनभन्दा कम छैन
हेर्दैजानुस उ बाट के के अभिनय हुन्छ ।

यसैगरि बेला बेलामा आउदै गर्नु मित्र
ज्ञानगुनका कुरा सिकिन्छ परिचय हुन्छ ।

बार बार सोध्ने प्रयास नगर मलाइ पृय
भन्नै नमिल्ने कुरा पनि त कतिपय हुन्छ ।

ति रुख्खा डाँडापाखा यो मन उस्तै लाग्छ
बेला बेलामा पहिरो जान्छ भूक्षय हुन्छ ।

सम्बाद गर्नलाइ जिब्रो चलाउनै पर्दैन यार
आँखा झिक्याउनुको पनि त आशय हुन्छ ।।

More News last news
Loading...