काठमाडौँ । सत्तारुढ दल नेकपाका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले संसद बैठक कक्षबाट आफ्नो ज्यान संसदको बैठक हलमा नै जानसक्ने भन्दै ज्यान जोगाई पाऊँ भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।
यसो भन्दै गर्दा बैठकमा सहभागी सबै चकित भएका थिए । त्यसपछि उनले कारण खोले त्यो थाहा पाउँदा झनै चकित भएका थिए ।
उनले भाँचिएका कुर्सी हटाउन माग गर्दै भाँचिएका कुर्सीबाट आफु ४ पटक लडेको अब चै ज्यान नै जान सक्ने भएकाले ज्यान जोगाई पाउँ भनेको बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
