पोखराको होटलमा पर्यटक मृत अवस्थामा फेला

पोखरा । पोखराको लेकसाइडमा रहेको होटल ह्वाइट पर्लमा एक विदेशी पर्यटक मृत अवस्थामा फेला परेका छन् ।

गत जेठ ६ गते ७ जनाको टोलीसहित नेपाल भ्रमणमा आएका ६६ वर्षीय कोस्चेङ टेक बुधबार पोखराको लेकसाइडस्थित होटल ह्वााइट पर्लमा श्रीमतीसहित बसेका थिए।

Advertisement

बिहीबार बिहान उनी होटलमा बेहोस् अवस्थामा भेट्एिको र उपचारका लागि गण्डकी अस्पताल पुर्याउनासाथ अस्पतालले उनलाई मृत घोषणा गरेको हो।

टेकको मृत्युबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

More News last news
Loading...