दाङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु

दाङको तुलसीपुरमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा रा२प १९१७ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-१२ बेलटाकुराका २७ वर्षीय भक्तबहादुर पुनको मृत्यु भएको हो।

तुलसीपुर-६ लक्ष्मीनारायण मन्दिर नजिक तुलसीपुरबाट बेलटाकुरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक पुन गम्भीर घाइते भएका प्रहरीले बताएको छ।

Advertisement

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही बताए। उनका अनुसार मोटरसाइकलमा पछाडि बसेका सुकौराका देवु दहितको भने एउटा खुट्टा भाँचिएको छ । ट्रयाक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...