तनहुँ । न्याय परिषदले भ्रष्टाचार अभियोगमा दुई जना जिल्ला न्यायाधीशलाई बर्खास्त गरेको छ । मंगलबार बसेको परिषदको बैठकले तनहुँ जिल्ला अदालतका प्रमुख न्यायाधीश ओमकार उपाध्याय र ललितपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश विश्वमंगल आत्रेयलाई निलम्बन गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको अध्यक्षतामा बसेको परिषदको बैठकले सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय छानबिन समितिले गरेको सिफारिसका आधारमा कारबाही गरेको हो।
तनहुँका न्यायाधीश उपाध्यायलाई शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी एलएलबी उत्तीर्ण गरेको आरोपमा निलम्बन गरिएको हो ।
यस्तै ललितपुरका प्रमुख न्यायाधीश आत्रेयलाई कार्यक्षमताको अभावमा निलम्वन गरिएको स्रोतले जानकारी दियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
