मोदीलाई पाकिस्तानी प्रधानमन्त्री खानको ‘फोन बधाई’

नयाँदिल्ली । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गर्नुभएको छ।

भारतमा लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले पुर्ण बहुमत पाएपछि मोदी फेरि दोस्रो पटक प्रधानमन्त्री बन्नु भएको हो।

Advertisement

पाकिस्तानी प्रधानमन्त्री खानले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा चुनावमा पाएको जितको लागि बधाई दिनु भएको हो।

भारतीय विदेश मन्त्रालयले दिएको जानकारी अनुसार दुवै देशका प्रधानमन्त्रीहरुले मिलेर दुबै देशमा भएको गरिबी हटाउन काम गर्ने बताइएका छन् ।

More News last news
Loading...