धरानमा लघुवित्त संस्थाका कर्मचारीमाथि गोली प्रहार

काठमाडौं । धरानमा एक लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार भएको छ। धरानको साउने भन्ने ठाउँमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो।

गम्भीर घाइते उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको धरानका इन्सपेक्टर अशोक जबेगुले जानकारी दिए। घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको छ ।

Advertisement

कस्ले र किन गोली प्रहार गरेको भन्ने बारे केही नखुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

More News last news
Loading...