पाँचथरको मिक्लाजुङ गाँउपालिका-३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या भयो।
सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।
धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको थियो।
हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भयो। १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भइन्। उनी गम्भिर घाइते भएकी छिन्। उनी भागेर छिमेकीको घरमा बसेकी थिइन्। सितालाई रातभर लुकाएर उनको ज्यान बचाँउने छिमेकीले उक्त सामूहिक हत्याकाण्डका बारेमा केही खुलासा गरेकी छिन्।
हेर्नुहोस् विस्तृत जानकारीका लागि भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
