वृद्धाश्रममा १०२ वर्षीया महिलाले हत्या गरेको आशंका

फ्रान्स । फ्रान्सको एउटा वृद्धाश्रममा एउटी १०२ वर्षीया महिलाले ९२ वर्षीया छिमेकीको हत्या गरेको आशङ्का गरिएको छ। ती महिलालाई अहिले मानसिक अस्पताल पठाइएको छ।

एक अभियोजनकर्ताका अनुसार उनले आफ्नो स्याहारसुसार गर्ने एक व्यक्तिलाई आफूले “एक जनालाई मारेको” बताएकी थिइन्।दक्षिण फ्रान्सको शेजी-सुर-मार्नस्थित वृद्धाश्रममा अर्की वृद्धाको शव चोटपटक लागेको अवस्थामा भेटिएको थियो। शवपरीक्षणको प्रतिवेदनमा उनको मृत्यु घाँटी थिचिएको र शिरमा चोट लागेका कारण भएको उल्लेख छ।

Advertisement

समाचारसंस्था एएफपीका अनुसार वृद्धाश्रमका एक कर्मचारीले शनिवार मध्यरातपछि पीडित महिलालाई ओछ्यानमा अचेत अवस्थामा भेटेपछि घटनाबारे पहिलो पटक थाहा भएको थियो।

सरकारी वलिकलाई उद्धृत गर्दै एएफएपीले ती १०२ वर्षीया महिला त्यतिबेला धेरै आत्तिएको देखिन्थिन् र उनले नै ती कर्मचारीलाई आफूले हत्या गरेको बताएकी थिइन्। नियतवश अपराध गरेकी हुन् की हैनन् भनेर छुट्याउन ती सन्दिग्ध महिलाको मानसिक स्वास्थ्यबारे परीक्षण हुँदै गरेको बताइएको छ। बीबीसी

More News last news
Loading...