जनकपुरमा प्रहरी र भारतीय डाकाबीच भिड्न्त

जनकपुर । जनकपुरमा प्रहरी र डाकाबीच भिड्न्त हुँदा एक जना घाइते भएका छन्।

डकैती गर्ने उद्धेश्यले आएकाहरूलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। पक्राउ परेका डाँका भारत बिहारस्थित समस्तीपुरको रहेको बताइएको छ।

Advertisement

जनकपुरधाम–८ स्थित विहारकुन्डमा डकैती गर्ने उद्धेश्यले आएका उनीहरूमध्ये एक जना प्रहरीको गोली लागेर घाइते भएका छन्। घाइते डाकाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिएका छन्।

यसैगरी आठ जनाको समूहमा रहेका उनीहरू सबैलाई प्रहरीले पक्राउ गर्न सफल भएको पालले जानकारी दिए।डिआइजी पालका अनुसार सात जनालाई घटनास्थल र एक जनालाई महोत्तरीस्थित भारतीय सीमा नजिकबाट प्रहरीले पक्राउ गरेको हो।

विहारकुन्डका महन्थले हालसालै बेचेको जग्गाको पैसा लुट्ने उद्धेश्यले भारतीय डाकाको समूह आएको प्रारम्भिक प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरूको साथबाट पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली बरामद गरेको छ।

More News last news
Loading...