स्याङ्जा । नेपाल तरुण दल स्याङ्जाले नेपाली काँग्रेसको जागरण अभियान अन्तगएत आज विशाल मोटरसाइकल र्याली सम्पन्न गरेको छ ।
बिहान ८ बजे स्याङ्जाको वालिङबाट शुरु भएको र्याली करिब ३५ कि.मी पार गर्दै स्याङ्जाको सदरमुकामको शहिदचोकमा आइपुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस केन्द्रिय सदस्य गोविन्द भट्टराईले संसारबाट पतन उन्मुख कम्यूनिष्टहरु जनतालाई ढाटेर शासन गर्न सफल भएको आरोप लगाए ।
नेपालका कम्यूनिष्टले सम्बृद्धिको नारा लगाएपनि भ्रष्टाचारमा लिप्त रहेको र प्रेस, मानव अधिकार लगाएतका स्वतन्त्र अङगलाई नियन्त्रण गर्न खोजेको बताए । 
कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाकाका.सभापति कुमार राना, गण्डकी प्रदेश सांसद मेखलाल श्रेष्ठ, महिला नेतृ हिरा देवी शर्मा लगाएतले सरकार भष्टचार, अनियमितता र लोकतन्त्र विरोधी कार्यमा लागेकाले नेपाली जनतालाई साथमा लिएर सु–शासनको निम्ती नेपाली काँग्रेस लड्ने उद्घोष गरे ।
नेपाल तरुण दल स्याङजाका सभापति एवं प्रदेश सांसद भगवत प्रकाश मल्लले नेपाली जनताको चाहाना विपरीत हुने सबै कार्यहरुमा तरुण दल सदैव लड्न तयार भएको बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
