लेखनाथको आदर्शचोकमा मिनीट्रक र मोटरसाईकल ठोकिँदा एक जनाको मृत्यु

पोखरा । मिनी ट्रक र मोटरसाइकल एकापसमा जुध्दा पोखरामा एक जनाको मृत्यु भएको छ।

पोखरा–१४ खाल्टे बस्ने २७ वर्षीय मोटरसाइकल चालक श्याम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Advertisement

गम्भीर घाइते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।

पोखराको लेखनाथस्थित आदर्शचोकमा ग१ख ३४१६ नम्बरको मिनी ट्रक र ग१३प २६६० नम्बरको मोटरसाइकल एकापसमा जुधेपछि सो घटना भएको हो। सो मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

More News last news
Loading...