एनआरएन अमेरिकाको उपाध्यक्षमा तनहुँका पन्थ विजयी

काठमाडौँ । गैरआवासीय नेपाली संघ, अमेरिकाको हालै सम्पन्न निर्वाचनका तनहुँका कृष्ण जिवी पन्थ विजयी भएका छन्।
सन् ९२०१९(२०२१ का लागि भएको एनआरएन अमेरिकाको निर्वाचनमा अत्यधिक मतसहित पन्थ उपाध्यक्षमा विजयी भएका हुन्।

आफुँ विजयी भएसँगै पन्थले आफुँलाई विश्वास गरेर मत दिने सम्पूर्ण मतदाता, शुभचिन्तक, सञ्चारकर्मी लगाएतलाई सम्बोधन गर्र्दै सबैलाई धन्यवाद दिएका छन्।

Advertisement

पन्थको आभार जस्ताको तस्तै सामाजिक सञ्जालबाट

हार्दिक आभार:
गैरआवाशीय नेपाली संघ, अमेरिकाको हालै सम्पन्न निर्वाचनका (२०१९-२०२१ ) बिजयी सम्पुर्ण साथीहरुलाई हार्दिक बधाई दिन चाहन्छु।

निर्वाचन सम्प्पन गर्ने निर्वाचन आयोग, प्रतिपर्धा गर्ने उम्मेदवारहरु र निर्वाचन प्रक्रियाको जानकारी आम मतदाता सम्म पुराउन भूमिका खेल्ने पत्रकार/लेखकहरुको कार्यको खुल्ला मनले प्रशंसा गर्न चाहन्छु ।

यस निर्वाचनमा मलाई बिश्वासका साथ उपाध्यक्ष पदमा आफ्नो अमुल्य मत दिई जिताउनु हुने सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु। जुन आशा, भरोसा र विश्वासका साथ तपाईहरुले मलाई चुन्नु भएको छ, त्यसलाई मैले कहिले तल झर्न दिन्न, त्यसको प्रतिबद्ता यहींबाट आज नै गर्दछु।

निर्वाचनमा अमुल्य मत दिदैंमा यहाँहरुको जिम्मेवारी पुरा भएको छैन, त्यस अमुल्य मतको कदर गर्न यहाँहरुको अमुल्य सल्लाह र सुझावको मैले सधै अपेक्षा गरेको छु। समाज निर्माणको यस खुट्किलामा “म” तब मात्र सफल हुन्छु जब “हामी” सबै सफल हुन्छौं।

जय NRN!

More News last news
Loading...