काठमाडौँबाट पोखरा घुम्न आएका युवकको त्रिशुलीमा डुबेर मृत्यु

पोखरा । काठमाडौँबाट पोखरा घुम्न आएका २५ वर्षीय मनोज बोहोराको त्रिशूली नदीमा डुबेर ज्यान गएको छ। पोखरा घुम्न आएका बझाङका २५ वर्षीय बोहोराको आइतबार त्रिशूली नदीमा डुबेर ज्यान गएको हो।

पोखरा आउँदै गर्दा धादिङको गल्छी गाउँपालिका–४ चिरौँदी स्थित त्रिशूली नदीमा नुहाउन गएका उनको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

Advertisement

काठमाडौँबाट ४ जना मोटरसाइकलमा आएकामा उनीहरु अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...